पूर्वाधार विकास बैंकले पायो कर्जाको पुनरसंरचना सुविधा

पूर्वाधार विकास बैंकले पायो कर्जाको पुनरसंरचना सुविधा


काठमाडौं ।

पूर्वाधार विकास बैंकले कर्जाको पुनरसंरचना सुविधा पाएको छ । ऋणीको सुविधाका लागि राष्ट्र बैंकले कर्जाको पुनरतालिकीकरण तथा पुनरसंरचना गर्न सक्ने सुुविधा दिएको हो ।

विभिन्न ४ वटा शर्तहरु पालना गरेर यो सुविधान दिन सकिने भएको राष्ट्र बैंकले जनाएको छ ।

उद्योग/व्यवसायको नगद प्रवाह तथा आम्दानीे विश्लेषण गरी आवश्यकता र औचित्यको आधारमा बुझाउनुपर्ने ब्याजको कम्तिमा १० प्रतिशत रकम असुल उपर गरी कर्जाको पुनरतालिकीकरण तथा पुनरसंरचना गर्न सकिने बैंकको भनाई छ ।

पुुर्वाधार विकास बैंकले होटल तथा रेष्टुरेन्ट, निर्माण (सिमेन्ट, डण्डी, ईटा–ब्लक, पाईप्स् एण्ड फिटिङ्गस् लगायतका उद्योगमा प्रवाहित कर्जा समेत), शिक्षा, स्वास्थ्य क्षेत्रसँग सम्बन्धित कर्जा तथा बाढी, पहिरो, भूकम्प जस्ता प्राकृतिक–दैवी प्रकोपबाट प्रभावित भएका परियोजनामा लगानीमा रहेको कर्जालाई ऋणीको अनुरोधमा यो सुविधा दिन सकिने छ ।

यस्तो पुनरतालिकीकरण वा पुनरसंरचना २०८० पुस मसान्तभित्र गरिसक्नु पर्नेछ ।

२०७९ चैत मसान्तमा सक्रिय वर्गमा बर्गीकरण भएको कर्जालाई पुनरतालिकीकरण वा पुनरसंरचना गर्न सकिनेछ । पुनरतालिकीकरण वा पुनरसंरचना गरिएका कर्जाहरुमा ५ प्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्नेछ । यसरी पुनरतालिकीकरण वा पुनरसंरचना गरिएको कर्जाहरुलाई जुन वर्गमा वर्गीकरण गरिएको छ सोही वर्गमा वर्गीकरण गर्नुपर्नेछ ।