नवरात्रकाे सातौँ दिन : कालरात्रि देविको आराधना गरी मनाइँदै

नवरात्रकाे सातौँ दिन : कालरात्रि देविको आराधना गरी मनाइँदै


काठमाडौँ ।

सप्तमी अर्थात् फूलपातीका दिन दुर्गा भवानीका नौ शक्तिमध्ये कल्याणमयी देवी कालरात्रिको आराधना गरिन्छ ।

कालो घना वणर्की, गधा वाहन भएकी, तीन आँखा भएकी, चार हात भएकी, उक्त हातहरूमा क्रमशः तरबार, मसाल, वरमुद्रा र अभयमुद्रा लिएकी देवी कालरात्री हुन् । उनको कपाल झाँक्रो फिजाए जस्तो देखिन्छ ।

घाँटीमा बिजुली सरह चम्कीने माला छ । श्वास फेर्दा पनि कहिलेकाहीँ आगोको राँको निस्केको जस्तो देखिन्छ । माता कालरात्रीको स्वरूप डरलाग्दो जस्तो देखिन्छ तर यिनी भक्तलाई शुभ फल दिने गर्छिन् ।

यी देवीको स्मरण गर्नाले पनि दानव, दैत्य, राक्षस, भूतप्रेत भागेर जान्छन् भनिएको छ । देवीले कालरात्रीको रुप लिएर सबै असूर शक्तिमाथि बिजय प्राप्त गरेको दिनका रुपमा यस दिनलाई लिइन्छ ।

यसदिन कालरात्रि देवीका साथसाथै विद्या तथा सङ्गीतकी देवी सरस्वती माताको पनि पूजा गरिन्छ ।