२२ मेगावाटको माथिल्लो ठूलो खोलाकाे निर्माण ३४ प्रतिशत सम्पन्न

२२ मेगावाटको माथिल्लो ठूलो खोलाकाे निर्माण ३४ प्रतिशत सम्पन्न


काठमाडौं ।

ग्याग्दीको माथिल्लो ठूलो खोलामा निर्माणाधीन २२.५ मेगावाटको ठूलो खोला जलविद्युत आयोजनामा २०८२ असोजभित्र सम्पन्न हुने भएको छ ।

आयोजनाको ३४ प्रतिशत निर्माण सम्पन्न भएको प्रवर्द्धक ठूलो खोला हाइड्रो पावर कम्पनीका कार्यकारी अध्यक्ष नरेन्द्र बल्लभ पन्तले जनाकारी दिए ।
पन्तका अनुसार अहिले आयोजनासँगै विद्युत् जोडिने लाइनको काम पनि तिव्र गतिमा भइरहेको छ ।

अयोजनामा सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको अगुवाईमा कृषि विकास बैंक र माछापुछ्रे बैंकले लगानी गर्ने भएका छन् । बैंकहरूले कूल लगानीको ७५ प्रतिशत ऋण लगानी गर्ने भएका हुन् ।

आयोजनामा ३ अर्ब ९४ करोड रुपैयाँ लागत लागत अनुमान गरिएको छ । जसमा ७५ प्रतिशत ऋण र २५ प्रतिशत स्वपुँजी लगानी हुनेछ ।

यो आयोजना म्याग्दीको राघुगंगा गाउँपालिका वडा नम्वर ७ र ८ को ठूलो खोला निर्माणाधीन छ ।

ठूलो खोला देव ग्रुप अन्तर्गत निर्माण भइरहेको छ । साथै यही ग्रुपकै स्वामित्व रहेको अर्को आयोजना टक्सार पिखुवाले विद्युत उत्पादन गरिरहेको छ । प्रवर्द्धक टक्सार पिखुवा हाइड्रो पावर कम्पनीले २ वर्ष अगाडि नै आयोजनाको काम सम्पन्न गरी विद्युत उत्पादन गरीरहेको छ ।