खुद्रा व्यापार संघले प्रतिकेजी ११५ रुपैयाँका दरले चिनी बेच्न थाल्यो, कहाँ कहाँ ?

खुद्रा व्यापार संघले प्रतिकेजी ११५ रुपैयाँका दरले चिनी बेच्न थाल्यो, कहाँ कहाँ ?


काठमाडौं ।

नेपाल खुद्रा व्यापार सङ्घले समन्वय गरेर बुधबारदेखि राजधानीका विभिन्न ठाउँमा चिनी बिक्री गरिएको छ ।

केही दिनयता उपत्यकासहित देशका विभिन्न ठाउँमा चिनीको हाहाकार भएपछि सङ्घले बुधबारदेखि प्रतिकेजी ११५ रुपैयाँमा प्रतिउपभोक्ता दुई केजी चिनी बिक्री गरिएको हो ।

सङ्घका अनुसार वीरगन्जको एभरेस्ट चिनी उद्योगबाट बुधबार बिहान काठमाडौँ आइपुगेको तीन सय बोरा वा १५० क्विन्टल चिनी नक्साल, ज्ञानेश्वर, लाजिम्पाट, महाराजगन्ज चक्रपथ, बुढानीलकण्ठ, सोह्रखुट्टेदेखि बालाजु बाइपाससम्म, ज्याठाचोक, ठैँटी, क्षेत्रपाटी, स्वयम्भू, ताहाचल, भक्तपुर, पाटनलगायतका ठाउँमा पु¥याएर प्रतिउपभोक्ता दुई केजीका दरले बिक्री गरिएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सङ्घको समन्वयमा उद्योगीबाट सिधै उपभोक्तासम्म चिनी बिक्री गर्ने व्यवस्था गरेको जनाइएको छ ।

उद्योगीले बहुराष्ट्रिय कम्पनी कोकाकोला र पेप्सी कम्पनीलाई बिक्री गरिसकेको उच्च गुणस्तरको एक हजार टन चिनी खरिद गरेर खुद्रा व्यापार सङ्घको समन्वयमा बुधबारबाट बिक्री गर्न थालिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक तीर्थराज चिलवालले जानकारी दिए ।

यता साल्ट टे«डिङ कर्पोरेसनले उपत्यकाका आफ्ना बिक्री केन्द्रबाट प्रतिकेजी ९७ रुपियाँमा प्रतिव्यक्ति दुई केजीसम्म चिनी उपलब्ध गराउँछ तर त्यो चिनी किन्नका लागि उपभोक्ताले एक दिन पूरै माया मार्नु पर्छ ।