सिम्रौनगढ नगरपालिकाको मुलगेटमा ताला, मुख्य मन्त्री यादव र मेयर कलवारको पुतला दहन

सिम्रौनगढ नगरपालिकाको मुलगेटमा ताला, मुख्य मन्त्री यादव र मेयर कलवारको पुतला दहन


बारा ।

सिम्रौनगढ नगरपालिकाको सातौ नगरसभा स्थगित गरिएको छ ।

मेयर किशोरी प्रसाद कलवारले मिति २०८० साल असोज ३० गते पत्र काटी नगरसभा कार्तिक ३ गते बिहान ७ बजे देखि नगरपालिकाको सभाकक्षमा गर्नका लागि सबै नगरसभा सदस्यलाई अवहान गरेको भएपनि मेयर कलवार आफै पालिकाको सभाहल सिम्रौनगढमा उपस्थित नहुदा अन्यौलता बढाई दिएको हुदा उपमेयर नजमु शेहरको अध्यक्षतामा नगरसभा सदस्यहरुको बैठक बसी सभा स्थगन गरिएको निर्णय समेत गरेका छन् ।

५९ जनाको सो पालिकामा नगरसभा सदस्य रहेकोमा उपमेयर नजमु शेहरको अध्यक्षतामा पालिकाको सभाहलमा बसेको नगरसभा सदस्यहरुको बैठकमा ३९ जनाले हस्ताक्षर गर्दै नगरसभा स्थगित गर्ने निर्णय भएको वडा नम्बर ४ का वडाअध्यक्ष अवधेस सहनीले जानकारी दिए ।

बैठकले मेयर किशोरी प्रसाद कलवारको स्वेक्षाचारी,मनोपलीको बिरोधमा बहुमत नगरसभा सदस्यहरुले सिम्रौनगढ नगरपालिकामा अनिश्तिकालका लागि बिषयगत शाखाहरु लगायत कार्यालयको मुलढोकामा तालाबन्दी गरि मेयर कलवारको बिरोधमा आन्दोलन गर्ने निर्णय समेत गरिएको वडा नम्बर ११ का वडाअध्यक्ष सुरेन्द्र प्रसाद जयसवालले बताए ।

यति हुदा समेत मेयर कलवारले सहमतिमा नगरसभा गर्न नमानेमा सबै वडाको कामकाज समेत ठप्प पार्ने वडा नम्बर १ का वडाअध्यक्ष दिनदेयाल मुखियाले जानकारी दिए ।

सिम्रौनगढ नगरपालिकाको सभाहलमा मेयर कलवार स्वयम आफै उपस्थित नभई करिब दुई तिहाई बहुमतको नगरसभा सदस्यहरुलाई पाखा लगाउदै चोरबाट अवैधानिक रुपमा कानुन विपरित नगरसभा गरेको नाटक मंन्चनको कडा रुपमा खेद प्रकट गर्ने बैठकले निर्णय समेत गरेको उपमेयर नजमु शेहरले जानकारी दिईन ।

विहानै देखि बाक्लो रुपमा सिम्रौनगढ नगरपालिकाको सभा अगाडी प्रहरी परिचालन गरि नगरसभा विधिरुपमा संम्पन्न गर्नका लागि जनप्रतिनिधीहरु तमत्यार रहेको भएपनि मेयर कलवारले ती सबै त्यारीलाई भत्काउदै आदर्शकोतवाल गाँउपालिका वडा नम्बर ८ स्थित रहेको आफनो निजी जनाकी पेट्रोलपम्पमा केही नगरसभा सदस्यहरुलाई बोलाई विधि र प्रक्रियालाई समेत खिल्ली उडाउदै बिना दर्ता चलानी नै नगरेको पत्र मार्फत नगरसभा सम्पन्न भयो भनेर विज्ञप्ती निकाली पालिकालाई नै मेयर कलवारले हास्यस्पद बनाएको वडा नम्बर ३ का वडाअध्यक्ष एैजुल्लाह अंसारीले भने ।

यता नेपाली काँग्रेस निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा १ र सिम्रौनगढ नगरपालिका कार्य समितिको संयुत आयोजनामा मुख्य मन्त्री सरोज कुमार यादव र मेयर किशोरी प्रसाद कलवारको पुतला दहन गरेका छन ।

प्रदेशसभापति मोहन कुसवाहा, नगरसभापति नागेन्द्र प्रसाद साह र नेपाली काँग्रेसका यूवा नेता जयन्त कुसवाहा सहितको टोलीले ती दुई जनाको पुतला दहन गर्दै उनीहरु बिरोधमा चर्का नारबाजी समेत गरेका थिए ।

नेपाली काँग्रेसको नगरसभामा प्रष्ट बहुमत रहेको हुदा नेपाली काँग्रेसबाट जितेका जनप्रतिनिधीहरुको मनोवल गिराउने काममा मेयर कलवार र यसै क्षेत्रबाट प्रतिनिधित्व गर्दे मधेस प्रदेश सरकारका मुख्य मन्त्री सरोज यादव लागि परेको भन्दै उनीको बिरोधमा पुतला दहन गर्नुपरेको यूवा नेता कासिम मियाले जानकारी दिए ।

पालिकाको कामकाज ठप्प गर्न पाउदैन, राजनितिक बन्द गर, मुख्यमन्त्री यादवको तानशायी चल्दैन, नगरपालिकालाई बन्धक बनाउन पाउदै भन्दै उनीहरुले नाराबाजी समेत गरि नगरपालिकाको अगाडी पुतला दहन गरेको थियो ।

नगरसभा सम्पन्न हुन नसक्दा हिन्दुहरुको महान चाड दशैको मुखमा समेत कर्मचारीहरुले तलब खान पाएका छैन भने कामकाज अस्तब्यस्त रहेको छ । सधैको किचलोले जनतामा निरासा छाएको छ ।
यता बिगत ४ दिन देखि शिक्षकहरुले तबलको माँग गर्दै पालिकाको मुलगेटमा नै तालाबन्दी गरि धर्ना दिदै आएका छन ।