आहा ! हेरिरहु लाग्ने सुन्दरता

आहा ! हेरिरहु लाग्ने सुन्दरता


बागलुङको गलकोट नगरपालिका–१ स्थित दुदिलाभाटी गाउँ र खेतमा पाक्न लागेको धान ।

तारकेश्वर नगरपालिका-२ स्थित देविस्थान मानेडाँडामा रहेको राष्ट्रिय झण्डा पार्कमा रहेको ६० फिटको पोलमा ३० फिटको नेपालको झण्डा ।

राप्ती नदीको किनारामा २० घर धुरी कुमाल समुदायको बसोबास रहेको दाङको राप्ती गाउँपालिका-१ स्थित माछीताल गाउँ ।

दसैँको अन्तिम दिन कोजाग्रत पूर्णिमाका अवसरमा शनिबार पोखराको फेवातालको बिच भागमा अवस्थित तालबाराही मन्दिर दर्शनका लागि आएका भक्तजनको घुइँचो ।

विजयादशमीको टीका लगत्तै ठूलो सङ्ख्यामा अन्नपूर्ण आधार शिविर पुुगेका आन्तरिक पर्यटक ।

 व्यास नगरपालिका–५ स्थित पर्यटकीयस्थल मानुङडाँडाबाट देखिएको तनहुँको सदरमुकाम दमौली र आसपासको दृश्य ।

धादिङको नीलकण्ठ नगरपालिका–६ सुनौलाबजार।

तुलसिपुर उपमहानगरपालिका–७ गणेशपुरस्थित राप्ती शान्ति उद्यानमा फुलेका फूलको रस चुस्दै पुतली ।