चिल्लागढधाममा ५० लाखमा बन्यो फाल्गुनन्दको सालिक

चिल्लागढधाममा ५० लाखमा बन्यो फाल्गुनन्दको सालिक


झापा ।

झापाको शिवसताक्षी नगरपालिका–९ स्थित चिल्लागढधाममा राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङ्देन पूर्णकदको सालिक निर्माण गरिएको छ ।

शिवसताक्षी–९ स्थित चिल्लागढमा रु ५० लाखको लागतमा फाल्गुनन्दको पूर्णकदका सालिक निर्माण गरिएको चिल्लागढधाम धार्मिक तथा पर्यटन विकास समितिका अध्यक्ष शिशिर तुम्बापोले जानकारी दिए ।

पूर्णकदको ढुङ्गाका सालिक र सालिक राख्ने स्थानलगायतका संरचनासमेत निर्माण गरिएको उनले बताए ।

किरात धर्म साहित्य उत्थान सङ्घका अध्यक्ष डिकेन्द्रसिंह थेगिमले आगामी कात्तिक २५ गते फाल्गुनन्दको एक सय ३९औँ जन्मजयन्तीका अवसरमा एक लाख ८ हजार एक सय आठ दीप प्रज्ज्वलन गरी सालिक अनावरण गर्ने कार्यक्रम रहेको बताए ।उनले भने, “चिल्लागढधामको प्रचार–प्रसारको जरुरी रहेको छ ।”