रिगलको आममाफी विरुद्धमा भारती मानन्धरले पुनः सुरु गरिन् रिले अनसन

रिगलको आममाफी विरुद्धमा भारती मानन्धरले पुनः सुरु गरिन् रिले अनसन


काठमाडौं ।

पतिको हत्या गरेको आरोपमा थुनामा रहेका व्यक्तिलाई सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएपछि विरोध गर्दै आएकी भारती मानन्धरले पुनः रिले अनसन सुरु गरेकी छिन् ।

भारतीले आज आइतबार माइतीघर मण्डला पुगेर पुनः रिले अनसन सुरु गरेकी हुन्।

सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले गत संविधान दिवसको अवसरमा गुण्डा नाइके योगराज ढकाल (रिगल)लाई आममाफी दिएका थिए ।

२०७२ सालको असारमा दुई समूहबीच आपसी विवाद हुँदा बाँके नेपालगञ्जका चेतन मानन्धरको हत्या भएको थियो ।