संयुक्त राष्ट्र संघका महासचिव गुटेरेसको नेपाल भ्रमण ‘प्रयोजन विहीन’ कमल थापा

संयुक्त राष्ट्र संघका महासचिव गुटेरेसको नेपाल भ्रमण ‘प्रयोजन विहीन’ कमल थापा


काठमाडौं ।

राप्रपा नेपालका अध्यक्ष कमल थापाले संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमण ‘प्रयोजन विहीन’ भएको टिप्पणी गरेका छन् ।

गुटेरसको सम्मानमा आज सोल्टी होटलमा राखिएको रात्रिभोज बहिष्कार गर्ने उनको तयारी छ ।

महासचिव गुटरेसले हमास-इजरायल युद्धमा ध्यान नदिएको थापाले आरोप लगाएका छन् ।

‘अतिथिलाई स्वागत छ तर‘’ भन्दै उनले लेखेका छन्, ‘इजरायल-गाजा युद्धमा प्रत्येक दिन सयौं व्यक्तिहरूले ज्यान गुमाइरहेका छन्, नाकाबन्दीले लाखौंको जीवन कष्टकर भैरहेको छ । यस्तो बेला संक्रमणकालीन न्यायको उपेक्षा गर्ने सरकारको निम्तोमा संयुक्त राष्ट्रसंघका महासचिव गुटरेसको ‘प्रयोजन विहीन’ नेपाल भ्रमण आश्चर्यजनक छ ।’