काठमाडौं ।
बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोध) विधेयक, २०८० संसद्मा प्रस्तुत भएको छ ।
आइतबारको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री डा.प्रकाशशरण महतको तर्फबाट कानुनमन्त्री धनराज गुरुङले सो विधेयक प्रस्तुत गरेका हुन् ।
विधेयक प्रस्तुत गर्नुअघि सांसद प्रेम सुवालले विधेयकमाथि विरोधको सूचना प्रस्तुत गरेका थिए । उनले सरकारी स्वामित्वमा लिएर बैंकिङ कसुर नियन्त्रण गर्नुका साथै विदेशी लगानीको बैंक नेपालमा खुल्न दिन नहुने उनले उल्लेख गरे ।
सांसद सुवालले नेपालीको सम्पत्तिको सीमांकन र विदेशमा पैसा राख्न दिनु नहुने विरोधको सूचना प्रस्तुत गरेका हुन् ।
उक्त विरोध बहुमतले अस्वीकृत भएको थियो । विरोधको सूचना अस्वीकृत भएपछि विधेयक सदनमा प्रस्तुत भएको हो ।
प्रतिक्रिया