युएईविरुद्ध नेपालले पहिले बलिङ गर्दै, दीपेन्द्र पनि परे प्लेइङ ११ मा

युएईविरुद्ध नेपालले पहिले बलिङ गर्दै, दीपेन्द्र पनि परे प्लेइङ ११ मा


काठमाडौं ।

आईसीसी टी२० विश्वकप एसिया छनोटको सेमिफाइनलमा नेपालले युएई विरुद्ध पहिले बलिङ गर्ने भएको छ ।

मुलपानी क्रिकेट मैदानमा युएईले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेपछि नेपालले पहिले बलिङ गर्ने भएको हो ।

नेपाल समूह ए को उपविजेता र युएई समूह बी को विजेता बन्दै सेमिफाइनल पुगेका हुन् । यस खेलको विजेता टोली फाइनल पुग्दै अर्को वर्ष हुने टी(२० विश्वकपमा छनोट हुनेछ ।

नेपाली टिममा आज एक परिवर्तन गरिएको छ ।

सन्दिप जोराको स्थानमा दीपेन्द्र सिंह ऐरीलाई प्लेइङ ११ मा राखिएको छ । पहिलो खेलमा सिंगापुरसँग प्लेइङ ११ मा रहेपनि खेलअघि वार्मअपका क्रममा घाइते भएपछि दीपेन्द्रले समूह चरणको तीनवटै खेल गुमाएका थिए ।