चिनी खोजतलास गर्न ३ वटा टोली परिचालन

चिनी खोजतलास गर्न ३ वटा टोली परिचालन


काठमाडौं ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको नेतृत्वमा काठमाडौंमा उपत्यकामा अवैध रुपमा लुकाइएको चिनी खोजतलास गर्न ३ वटा टोली परिचालन भएको छ ।

तीन वटै जिल्लाका जिल्ला प्रशासन कार्यालयका अधिकारी, नापतौल तथा गुणस्तर विभाग, वाणिज्य विभाग, आन्तरिक राजस्व कार्यालयसहितको टोली परिचालन भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

‘उपत्यकामा चिनीको खोजतलास गर्न ३ वटा टोलीपरिचालन भएको छ,’ बैठकमा सहभागी एक अधिकारीले भने, ‘नेपाल प्रहरीसहित,जिल्ला प्रशासन, नाप तौल, आन्तरिक राजस्व लगायतका सबै निकाय अनुगमनमा सहभागी छन् ।’