रेशम चौधरीको कैद मिनाहाविरुद्धको मुद्दाको सुनुवाइ स्थगित

रेशम चौधरीको कैद मिनाहाविरुद्धको मुद्दाको सुनुवाइ स्थगित


काठमाडौं ।

नागरिक उन्मुक्ति पार्टीका संस्थापक एवं पूर्वसांसद रेशम चौधरीको कैद माफी मिनाहा गर्ने निर्णयविरुद्ध परेको रिटनिवेदनको सुनुवाइ स्थगित भएको छ ।

निवेदन सुनुवाइका लागि विहीबार पालो तोकिएकोमा सर्वोच्च अदालत प्रशासनबाटै सुनुवाइ स्थगित भएको हो ।

टीकापुर घटनामा दोषी ठहर भई जन्मकैदको सजाय पाएका चौधरीलाई राष्ट्रपतिले ३ जेठ, २०८० मा संविधान दिवसको अवसरमा माफी मिनाहा दिएका थिए ।

त्यो निर्णयविरुद्ध शारदा कडायतले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेकी थिइन् । बिहीबारका लागि तोकिएको त्यही निवेदनको सुनुवाई स्थगित भएको हो ।