पोर्चुगलमा नेपाली राजदूतावास स्थापना गर्ने

पोर्चुगलमा नेपाली राजदूतावास स्थापना गर्ने


काठमाडौं ।

सरकारले पोर्चुगलमा नेपाली राजदूतावास स्थापना गर्ने निर्णय गरेको छ।

पोर्चुगलमा नेपालीको संख्या बढ्दै गएको तर राजदूतावास नहुँदा छिमेकी युरोप देश जानुपर्ने बाध्यता भएको भन्दै गुनासो बढिरहेको अवस्थामा सरकारले यो निर्णय गरेको हो।

आज बसेको मन्त्रिपरिषदको बैठकले पोर्चुगलका लागि नेपाली राजदूतमा शनिल नेपाललाई नियुक्त गर्ने निर्णय पनि गरेको छ।