भूकम्पमा परि घाइते नगर प्रहरी विष्टको मृत्यु

भूकम्पमा परि घाइते नगर प्रहरी विष्टको मृत्यु


काठमाडौं ।

कात्तिक १७ गतेको भूकम्पमा परि घाइते थप एक जनाको उपचारका क्रममा मृत्यु भएको छ।

रूकुम पश्चिमको चौरजहारी नगरपालिका– १ घारिगाँउका २३ वर्षीय निरोज विष्टको उपचारका क्रममा शुक्रबार मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक धर्मेन्द्र खड्काका अनुसार घाइते विष्टको उपचारका क्रममा कर्णाली प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको हो। विष्ट चौरजहारी नगरपालिकामा नगर प्रहरी थिए।

योसँगै जाजरकोटलाई केन्द्र बिन्दु बनाई गत शुक्रबार राति आएको भूकम्पमा परी रूकुम पश्चिममा मात्रै ५३ जनाको मृत्यु भएको छ।