काठमाडौँ महानगरले तोक्यो सयपत्री माला किनबेच गर्ने ठाँउ

काठमाडौँ महानगरले तोक्यो सयपत्री माला किनबेच गर्ने ठाँउ


काठमाडौँ ।

तिहारका लागि अति आवश्यक सयपत्री फूलको माला विक्रीका लागि काठमाडौँ महानगरपालिकाले ४ स्थान तोकेको छ ।

महानगर प्रमुख बालेन शाहको निर्देशनमा भृकुटीमण्डप, एयरपोर्ट–तीनकुने, हाँडी गाउँ र बालाजु कोल्ड स्टोर छेउ स्वदेशी उत्पादनको सहुलियतमा फूल विक्रीका लागि खुला गरेको नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिएका छन् ।

शनिवार महानगरपालिका र स्वदेशी फूल उत्पादक र बिक्रेताबिच छलफल कार्यक्रम राखिएको थियो ।

सो अवसरमा काठमाडौँ महानगरपालिका र पुष्प व्यवसायीहरु बीचको छलफलमा नेपाल चेम्बर अफ कमर्सका प्रतिनिधि कृष्णमान श्रेष्ठले महानगरपालिकालाई धन्यवाद दिए ।