सुदूरपश्चिममा तिहारमा २२ दुर्घटना, १६ जनाको मृत्यु

सुदूरपश्चिममा तिहारमा २२ दुर्घटना, १६ जनाको मृत्यु


काठमाडौं ।

सुदूरपश्चिममा तिहारको अवधिमा भएका दुर्घटनामा परी १७ जनाको मृत्यु भएको छ भने ५४ जना घाइते भएका छन् ।

कार्तिक १२ देखि ३० गतेसम्म भएका २२ दुर्घटनामा १७ जनाको मृत्यु र ५४ जना घाइते भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाले जनाएको छ ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक ९डीएसपी० अनिल उप्रेतीले सोही अवधिमा नियम उल्लंघन गरी सवारी साधन चलाउने ४ हजार १ सय २३ कारबाहीमा २६ लख ८१ हजार राजश्व असुली गरिएको जानकारी दिए ।