जापानलाई हराउँदै नेपाल तेस्रो

जापानलाई हराउँदै नेपाल तेस्रो


काठमाडौँ ।

नेपाल चारदेशीय महिला टी-२० सिरिजमा तेस्रो भएको छ ।

आइतबार सम्पन्न तेस्रो स्थानको लागि भएको खेलमा नेपालले जापानलाई ४५ रनले पराजित गर्दै तेस्रो भएको हो ।

नेपालले दिएको ११६ रनको लक्ष्य पछ्याएको जापानले २० ओभरमा २ विकेट गुमाउँदै ७० रन मात्र बनाएपछि नेपाल ४५ रनले विजयी भएको हो ।

यसअघि पहिला ब्याटिङ गर्दै नेपालले २० ओभरमा ५ विकेट गुमाउँदै ११५ रन बनाएको थियो ।

सिरिजमा समूह चरणमा नेपालले जापानलाई पराजित गरेको थियो भने आयोजक हङकङ र तान्जानियासँग पराजित भएको थियो । त्यस्तै जापानले भने समूह चरणका तीनै खेलसहित तेस्रो स्थानको खेलमा पनि हार व्यहोरेको छ ।

यस सिरिजको फाइनल खेलमा आज हङकङ र तान्जानिया खेल्दैछन् ।