पुलमुनि २ वटा बोरामा महिला र पुरुष शव फेला

पुलमुनि २ वटा बोरामा महिला र पुरुष शव फेला


काठमाडौं ।

चितवनको भरतपुर महानगरपालिका–१२ मिलनचोकमा राजमार्ग निजकै दुईवटा शव भेटिएको छ ।

सडकको पुलमुनि २ वटा बोरामा महिला र पुरुष शव भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

मृतकको सनाखत नभएको र उमेर अन्दाजी ३०र३५ वर्षको जस्तो देखिएको चितवन प्रहरीले जनाएको छ ।