फिल्म सेन्सर बोर्डलाई बालेनले पठाए ४ बुँदे सुझावसहितको पत्र

फिल्म सेन्सर बोर्डलाई बालेनले पठाए ४ बुँदे सुझावसहितको पत्र


काठमाडौं ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले नेपालको मौलिकता, धर्म, संस्कृति, स्वाधीनता र स्वाभिमानमा आँच आउने संवाद र दृश्य प्रसारणमा रोक लगाउनेसहितका ४ बुँदे सुझावसहित फिल्म सेन्सर बोर्डलाई पत्र लेखेका छन् ।

केन्द्रीय चलचित्र जाँच समितिका अध्यक्षलाई पठाइएको पत्रमा पञ्चशील सिद्धान्त, शान्ति प्रवर्द्धन, एक राष्ट्रले अर्को राष्ट्रको बारेमा नराम्रो चलचित्र बनाएको प्रसारणमा रोक लगाउन पनि आग्रह गरिएको छ ।

कुनै पनि जातजाति, वर्ण, समुदाय, लिंग तथा शारीरिक, मानसिक रुपमा फरक क्षमता भएका व्यक्तिको स्वाभिमानमा आँच आउने दृश्य तथा संवाद ९हेट स्पिच०मा रोक लगाउने समेत उनले माग राखेका छन् ।

यी विषयवस्तुलाई प्राथमिकतामा राख्न समेत उनको आग्रह छ । सेन्सर बोर्डले चलचित्र जाँच समितिको कार्यविधि २०७४ कार्यान्वयनमा ल्याएको सन्दर्भमा मेयर साहले पत्र लेखेका हुन् ।