बल्खु चोकमा झडप

बल्खु चोकमा झडप


काठमाडौं ।

काठमाडौंको बल्खु चोकमा ढुंगामुढा र तोडफोड भएको छ ।

कालिमाटीबाट बल्खु हुँदै तीनकुने आउन लागेको युवा संघको बाइक र्‍यालीमाथि बल्खुमा ढुंगा प्रहार भएपछि झडप भएको हो ।

दुर्गा प्रसाईं नेतृत्वले बल्खुमा प्रदर्शनको तयारी गरिरहेको छ भने युवा संघले तीनकुनेमा प्रदर्शन गर्दै छ ।

त्यही बेला युवासंघको र्‍याली बल्खुमा पुगेको थियो ।

ढुंगामुढाबाट बल्खु आसपासमा केही संरचनामा क्षति पुगेको छ भने केही बाइक र गाडीमा पनि क्षति पुगेको छ ।