महानगरका शिक्षक तथा कर्मचारीहरु बङ्गलादेशमा

महानगरका शिक्षक तथा कर्मचारीहरु बङ्गलादेशमा


काठमाडौं ।

महानगरपालिकाका शिक्षक तथा कर्मचारीहरु बङ्गलादेश गएका छन्।

महानगरभित्रका सार्वजनिक विद्यालयहरूमा चालु शैक्षिक सत्रदेखि कार्यान्वयनमा ल्याएको शिक्षामा सिप कार्यक्रमलाई थप प्रभावकारी बनाउन शिक्षा विभागका प्रमुख सीताराम कोइराला सहित ५ कर्मचारी र २० जना शिक्षक शैक्षिक भ्रमणमा बङ्गलादेश गएका हुन।

महानगरका प्रवक्ता नवीन मानन्धरले बङ्गलादेशमा दक्षिण एसियाका देशहरु मध्ये नै सबै भन्दा उत्कृष्ट शिक्षामा सिप कार्यक्रम प्रभावकारी भएकोले महानगरभित्रका शिक्षकहरूलाई सिप सिक्नको लागि शैक्षिक भ्रमणमा पठाएको बताए।

महानगर शिक्षा विभागका अधिकृत इन्द्र दाहालका अनुसार महानगरले कार्यान्वयन ल्याएको विद्यालय स्तरको शिक्षामा सिप कार्यक्रमले विद्यार्थी ,अभिभावक र विद्यालयहरू निकै लाभान्वित बनेका छन्।

कार्यक्रमलाई थप स्तरीय बनाउन यही मंसिर ४ गते शिक्षक र कर्मचारी गरि कुल २५ जनालाई बङ्गलादेश शैक्षिक भ्रमणमा पठाएको हो। ‘मंसिर ११ गते यो टोली नेपाल फर्किने छ । त्यस लगतै महानगरले अर्को टोलीलाई चिन पठाउने तयारी गरेको छ।