प्रसाईं नेतृत्वको प्रदर्शनमा झडप : १० प्रदर्शनकारी घाइते

प्रसाईं नेतृत्वको प्रदर्शनमा झडप : १० प्रदर्शनकारी घाइते


काठमाडौं ।

दुर्गा प्रसाईं नेतृत्वको अभियानले बिहीबार गरेको प्रदर्शनमा भएको झडपमा १० प्रदर्शनकारी घाइते भएका छन् ।

बल्खुमा प्रसाईं पक्षले आयोजना गरेको प्रदर्शनमा प्रहरीसँग भएको झडपमा परि उनीहरु घाइते भएका हुन् ।

प्रदर्शनकारी बल्खुबाट कालिमाटीतर्फ जान खोजेपछि प्रहरीले उनीहरुलाई रोक्न खोजेको थियो ।

त्यसपछि प्रदर्शनकारीले प्रहरीमाथि ढुंगा प्रहार गरे । प्रहरीले अश्रुग्यास प्रहार गर्दै भीड हटाउन खोजे पनि प्रदर्शनकारी पछि नहटेपछि प्रहरीले पानीको फोहरा हानेको थियो ।