उच्चका ६ मुख्य न्यायाधीशले लिए सपथ

उच्चका ६ मुख्य न्यायाधीशले लिए सपथ


काठमाडौं ।

उच्च अदालतका नवनियुक्त ६ मुख्य न्यायाधीशले पद तथा गोपनियताको शपथ लिएका छन्।

बिहीबार सर्वोच्च अदालतमा आयोजित एक समारोहबीच उनीहरूले प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठसमक्ष शपथ लिएका हुन्।

न्यायपरिषद्ले उच्च अदालतका न्यायाधीशहरू लोहितचन्द्र शाह, माधव पोखरेल, रमेशप्रसाद राजभण्डारी, श्रीकान्त पौडेल, नित्यानन्द पाण्डे र शान्तिसिंह थापालाई मुख्य न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको थियो।

प्रधानन्यायाधीश श्रेष्ठले मुख्य न्यायाधीशमा नियुक्त गरेलगत्तै उनीहरूले शपथ लिएका हुन्।

यस्तै शाहलाई सुर्खेत, पोखरेललाई पोखरा, राजभण्डारीलाई विराटनगर, पौडेललाई जनकपुर, पाण्डेलालाई तुल्सीपुर र थापालाई दीपायल पदस्थापनका लागि सिफारिस गरिएको हो।

दीपायलका मुख्य न्यायाधीश नृपध्वज निरौलालाई पाटन सरूवा गरिएको छ।