सम्पर्कविहीन २६ प्रहरीलाई सात दिनभित्र हाजिर हुन सूचना

सम्पर्कविहीन २६ प्रहरीलाई सात दिनभित्र हाजिर हुन सूचना


काठमाडौं ।

सम्पर्कमा नरहेका २६ जना प्रहरीलाई सात दिनभित्र कार्यालयमा सम्पर्क गर्न नेपाल प्रहरी प्रधान कार्यालय नक्सालले अनुरोध गरेको छ ।

आज सूचना जारी गर्दै कार्यालयले हाजिर हुन नआएका २६ प्रहरी कर्मचारीलाई सम्पर्कमा आउन अल्टिमेटम दिएको छ ।

प्रहरी नियमावली २०७१ को नियम ११५ को (२)बमोजिम प्रक्रिया पूरा गरी सूचना टाँस भइसक्दा समेत उनीहरू कार्यालयको सम्पर्कमा नआएको सूचनामा उल्लेख छ ।

सात दिनभित्र आफू गैर हाजिर रहनुको कारणसहित उपस्थित नभएमा उनीहरूलाई सेवाबाट बर्खास्त गरिने कार्यालयले जनाएको छ।