मेला हेर्न पालिकामा सार्वजनिक बिदा

मेला हेर्न पालिकामा सार्वजनिक बिदा


गुल्मी ।

सत्यवती गाउँपालिकाले मङ्सिर ११ गते सोमबार सार्वजनिक बिदा दिएको छ ।

सत्यवतीमा मेला लाग्ने भएकाले मेला हेर्नका लागि सार्वजनिक बिदा दिएको प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद भुसालले जानकारी दिए ।

विगतका वर्षमा जस्तै यस वर्ष पनि भिकुमा पूर्णिमाको अवसरमा सार्वजनिक बिदा दिइएको भुसालले बताए ।

सोमबार गाउँपालिका, वडा कार्यालय, शैक्षिक संस्था र पालिका भित्रका सङ्घ संस्थाहरु बन्द रहने पालिकाले जनाएको छ ।

यस्तै, मुसिकोट नगरपालिकाले मङ्सिर १० गते आइतबार (आज) सार्वजनिक बिदा दिएको छ ।

वडा नम्बर ६ कुर्घामा रहेको धार्मिक तथा पर्यटकीय स्थल मालिका मन्दिरमा पूर्णिमा मेला पनि आयोजना गरिएको छ ।

सो स्थानमा विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ ।