कराई र दाउले हानेर आफ्नै बाबुको हत्या, छोरा पक्राउ

कराई र दाउले हानेर आफ्नै बाबुको हत्या, छोरा पक्राउ


झापा ।

एक युवाले दाउले हानेर आफ्नै बाबुको हत्या गरेका छन् ।

कमल गाउँपालिका-४ मा करिब ४५ वर्षीय भोलाकुमार तामाङलाई आफ्नै छोराले हत्या गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी खगेन्द्रप्रसाद रिजालकाअनुसार सोमबार बिहान साढे ६ बजे बुबाको हत्या गरेको आरोपमा छोरालाई पक्राउ गरिएको छ । तामाङको हत्या गरेको आरोपमा प्रहरीले २३ वर्षीय छोरा आशिषलाई पक्राउ गरेको हो ।

आशिषले आफ्ना बुवा भोलाकुमारमाथि कराई र दाउ प्रहार गरी हत्या गरेको डिएसपी रिजालले बताए ।