१५ लाख ८४ हजार रुपैयाँसहित एक भारतीय पक्राउ

१५ लाख ८४ हजार रुपैयाँसहित एक भारतीय पक्राउ


काठमाडौं ।

स्रोत नखुलेको रकमसहित काठमाडौं महानगरपालिका–१४, बल्खुबाट एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा काठमाडौंकै सतुंगलमा डेरा गरी बस्दै आएका भारतको मोतिहारीका २२ वर्षीय हामित खान छन् ।

स्रोत नखुलेको १५ लाख ८४ हजार ५०० रुपैयाँसहित आइतबार राति उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनी बा.प्र.०२–१७ प ९७५१ नम्बरको मोटरसाइकलमा सवार थिए ।

प्रहरी प्रभाग बल्खुबाट खटिएको टोलीले जाँच गर्ने क्रममा उनलाई नियन्त्रणमा लिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।