गौशालामा दुर्गा प्रसाईंका समर्थक र प्रहरीबिच झडप, आचार्य श्रीनिवास पक्राउ

गौशालामा दुर्गा प्रसाईंका समर्थक र प्रहरीबिच झडप, आचार्य श्रीनिवास पक्राउ


काठमाडौं ।

दुर्गा प्रसाईंको नेतृत्वले सोमबार गौशालामा प्रदर्शन गरेको छ ।

विभिन्न धार्मिक संगठनका व्यक्तिहरु समेतको उपस्थितिमा भएको आन्दोलनमा प्रदर्शनकारीले तोडफोड र ढुंगा समेत हानेका छन् ।

प्रहरीले लाठी चार्ज गर्न थालेको छ । सोमबार गौशालामा भएको प्रदर्शनमा विवादास्पद धर्मगुरु आचार्य श्रीनिवास पनि उपस्थित भएका छन् ।

प्रसाईं नेतृत्वमा भएको आन्दोलनमा आफ्ना समर्थकसहित गएर उनले उग्र अभिव्यक्ति दिएका छन् । गेरुवस्त्रमा त्रिसुलसहित आएर उग्र अभिव्यक्तिसँगै सडक अबरुद्ध पार्न खोजेपछि प्रहरीले लगत्तै उनलाई पक्राउ गरेको छ ।