परालले छोपिएको अवस्थामा महिलाको शव फेला

परालले छोपिएको अवस्थामा महिलाको शव फेला


जनकपुरधाम ।

धनुषामा परालले छोपिएको अवस्थामा महिलाको शव फेला परेको छ ।

धनुषाको धनौजी गाउँपालिका–४ भडरियास्थित आँप बगैँचामा परालले छोपिएको अवस्थामा महिलाको शव फेला परेको हो ।

मंगलबार स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

घटनाको अनुसन्धानका लागि कुकुरसहितको टोली लीएर धनुषा प्रहरी घटना स्थलमा पुगेको छ ।