लगानी सम्मेलनको ‘लोगो’ बनाउदा २५ हजार जित्ने मौका

लगानी सम्मेलनको ‘लोगो’ बनाउदा २५ हजार जित्ने मौका


कैलाली ।

सुदूरपश्चिम सरकारले आयोजना गर्न लागेको लगानी र विकास सम्मेलनको उत्कृष्ट लोगो बनाउनेलाई पुस्कृत गर्ने भएको छ ।

फागुन २३ र २४ गते आयोजना गर्न लागिएको सम्मेलनको उत्कृष्ट लोगो तयार गनेलाई २५ हजार ५५५ रुपैयाँले पुरस्कृत गर्ने भएको हो ।

प्रदेशको आर्थिक मामिला मन्त्रालयले एक सूचना सार्वजनिक गर्दै लोगो निर्माणका लागि प्रतियोगिता गर्न लागेको बताएको छ ।

फागुन २३ र २४ गते आयोजना गर्न लागिएको सम्मेलनको उत्कृष्ट लोगो तयार गनेलाई २५ हजार ५५५ रुपैयाँले पुरस्कृत गर्ने भएको हो ।

सूचनामा भनिएको छ, ‘सम्मेलनका लागि प्रयोग हुने लोगो तयार गर्न लोगो डिजाइन प्रतियोगिता आयोजना गरिएको छ । प्रतियोगितामा भाग लिन इच्छुक नेपाली नागरिक वा संस्थाले सूचना प्रकाशित भएको मितिले सात दिनभित्र आवश्यक कागजातसहित सुदूरपश्चिम प्रदेश लगानी तथा विकास सम्मेलन २०८० को सचिवालयमा पठाउन हुन अनुरोध छ ।’

लोगो निर्माणका लागि मन्त्रालयले लोगो तयार गर्ने सम्बन्धी मार्गदर्शन, शर्तहरू छनौट प्रक्रिया तोकेको छ । ‘लोगोको फाइल तस्विर वा पिडिएफ हुनुपर्ने, लोगो कलाकृति कम्तीमा दुई इन्च लामो र सबैभन्दा सानो साइडर हुनपर्ने, लोगो शुद्ध र सफा हुनुपर्नेलगायत मार्गदर्शनमा उल्लेख छ ।