काठमाडौं।
नेपाल आयल निगमले विभिन्न पदमा कर्मचारी माग गरेको छ ।
खुला प्रतियोगिताद्वारा स्थायी पदपूर्ति गर्नेगरी निगमले शुक्रबार दरखास्त आह्वान गरेको हो ।
जसअनुसार प्रबन्धक (मेकानिकल), उपप्रबन्धक (सीए), सहायक प्रबन्धक (प्रशासन), सहायक, टेक्नेसियनलगायतका पदमा दरखास्त आह्वान भएको हो ।
इच्छुक र योग्यता पुगेका उम्मेदवारले २१ दिनभित्र आवेदन दिन सक्नेछन् ।
सो समयमा पनि आवेदन दिन नभ्याएकाले त्यसको थप ७ दिनभित्र दोब्बर दस्तुर तिरेर आवेदन दिन सक्ने सूचनामा उल्लेख छ ।
प्रतिक्रिया