रक्सि खाएर चिर्पटले हान्दा बुबाको मृत्यु, छोरा पक्राउ

रक्सि खाएर चिर्पटले हान्दा बुबाको मृत्यु, छोरा पक्राउ


रसुवा ।

बुबाको हत्या गरेको अभियोगमा प्रहरीले ४० वर्षीय छोरालाई पक्राउ गरेको छ ।

बुबा ६५ वर्षीय छेवाङ तामाङको हत्या गरेको अभियगमा गोसाइँकुण्ड गाउँपालिका–५ सानो भार्खु बस्ने गोपाल तामाङलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो ।

गोपालले मादक पदार्थ सेवन गरी चिर्पट प्रहार गर्दा छेवाङ गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी स्याफ्रुबेंसीबाट खटिएको प्रहरीले गोपाललाई पक्राउ गरेको हो ।

गम्भीर घाइते छेवाङको जिल्ला अस्पताल धुन्चेमा उपचारको क्रममा मृत्यु भएको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।