कोशीका मन्त्रीहरुले पाए जिम्मेवारी

कोशीका मन्त्रीहरुले पाए जिम्मेवारी


विराटनगर ।

कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले मन्त्रीहरूको जिम्मेवारी तोकेका छन् ।

मुख्यमन्त्री कार्कीले कांग्रेसबाट मन्त्री बनेका शमशेर राई, माओवादी केन्द्रका गणेश प्रसाद उप्रेती र एकीकृत समाजवादीका कमल प्रसाद जबेगुलाई मन्त्रालयको जिम्मेवारी दिएका हुन् ।

शमशेर राईलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ भने माओवादी केन्द्रका गणेश प्रसाद उप्रेतीलाई पर्यटन, वन तथा वातावरण र एकीकृत समाजवादीका कमल प्रसाद जबेगुलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

आर्थिक मामिला तथा योजना मन्त्रालय, उद्योग, कृषि तथा सहकारी मन्त्रालय, खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालय, सामाजिक विकास मन्त्रालय र स्वास्थ्य मन्त्रालयको जिम्मेवारी भने मुख्यमन्त्री कार्कीले आफैँसँग राखेका छन् ।