काठमाडौं ।
नेपाल मेडिकल काउन्सिलले लिएको विशेषज्ञ चिकित्सकको लाइसेन्स परीक्षामा ५१.३६ प्रतिशत चिकित्सक उत्तीर्ण भएका छन् ।
मंसिर १५ गते विभिन्न २५ विधाका चिकित्सकको परीक्षा लिइएकामा ५१ प्रतिशत सहभागी उत्तीर्ण भएका हुन् ।
यसअघि गत साउनमा लिइएको विशेषज्ञक चिकित्सकको परीक्षामा ४८.३३ प्रतिशत मात्र उत्तीर्ण भएका थिए ।
यस पटकको परीक्षामा १८३ सहभागी भएकामा ९४ जना उत्तीर्ण भएका हुन् ।
८९ अनुत्तीर्ण हुँदा ६ जनाको भने तोकिएअनुसारको परिचयपत्र नल्याएका कारण रिजल्ट रोकिएको छ ।
प्रतिक्रिया