अपांगता भएका यात्रुलाई हवाई टिकटमा ५० प्रतिशत छुट

अपांगता भएका यात्रुलाई हवाई टिकटमा ५० प्रतिशत छुट


काठमाडौं ।

नेपाल वायुसेवा निगमले आन्तरिक हवाई उडानमा अपांगता भएका यात्रुलाई टिकट शुल्कमा ५० प्रतिशत छुट दिने भएको छ।

निगमले अन्तर्राष्ट्रिय अपांगता दिवसका अवसरमा आफ्ना हरेक आन्तरिक उडानमा सुरूमा टिकट काट्ने अपांगता भएका दुई यात्रुलाई हवाई शुल्कमा ५० प्रतिशत छुट दिने घोषणा गरेको हो।

सो सुविधा पाउन यात्रुले आफ्नो सक्कल परिचय पत्रसहित निगमको कार्यालयमा सम्पर्क राख्नुपर्नेछ।