हुम्लामा भारी हिमपात, तापक्रम ३.९ डिग्रीमा झर्यो

हुम्लामा भारी हिमपात, तापक्रम ३.९ डिग्रीमा झर्यो


काठमाडौं ।

सोमबार बिहानैबाट हिमाली जिल्ला हुम्लामा हिमपात सुरु भएको छ ।

रातभर मौसम सफा रहेको भए पनि बिहानबाट हिमपात सुरु भएको हो ।

जिल्लाका अधिकांश भूभागमा हिमपात भई रहेको छ । हिमपातसँगै चिसो बढेपछि हाल जुम्लाको तापक्रम ३ दशमलव ९ डिग्रीमा झरेको छ । चिसोको कारण जनजीवन कष्टकर बनेको छ भने चौपायालाई समेत समस्या भएको छ ।

बाक्लो हुस्सुका कारण हवाई सेवा समेत अवरुद्ध भएको छ । गहुँ जौ, उवा छर्ने समय भएकाले किसानहरू भने खुसी भएका छन् ।