मधेश लागुपदार्थको कारण आक्रान्त छ भन्ने थाहा नै थिएन : मुख्यमन्त्री यादव

मधेश लागुपदार्थको कारण आक्रान्त छ भन्ने थाहा नै थिएन : मुख्यमन्त्री यादव


बर्दिबास ।

मधेस प्रदेश लागुपदार्थका कारण आक्रान्त बनेको आफूले थाहा नपाएको मुख्यमन्त्री सरोजकुमार यादवले बताएका छन् ।

प्रहरीले चलाएको एन्टिड्रग क्याम्पियनको आइतबार शुभारम्भ गर्दै मुख्यमन्त्री यादवले आफूलाई मधेस बल्ल लागुपदार्थको कारण समस्या बनेको थाहा पाएको बताए ।

उनले बाराको निजगढ र महोत्तरीमा लागुपदार्थ पुनःस्थापना केन्द्र बन्दै गरेको जानकारी रहेको बताउदै प्रदेश सरकारले अब यसतर्फ ध्यान दिने पनि प्रतिबद्धता जनाए ।

`हामी प्रहरीलाई जुनसुकै सहयोग गर्न पनि तयार छौँ,’ मुख्यमन्त्री यादवले भने, ‘प्रहरीलाई लागुपदार्थ प्रयोगकर्ता पहिचान गर्न अत्याधुनिक मेसिन पनि उपलब्ध गराउनेछौँ ।’

समस्याबारे आफू जानकार नरहेको सार्वजनिक कार्यक्रममा नै स्वीकार गरेका मुख्यमन्त्री यादवलाई प्रहरीले प्रस्तुत गरेको तथ्यांकले भने गिज्याइरहेको थियो ।

मधेस प्रदेश प्रहरीको आर्थिक वर्ष २०८०/८१ को कात्तिकसम्मको तथ्यांक हेर्ने हो भने ८ वटै जिल्लामा २६८ वटा मुद्दा दर्ता भएका छन् भने ३७९ जना लागुपदार्थकै कारण पक्राउ परेका छन् ।

यस्तै ठुला-ठुला परिमाणमा लागुपदार्थसमेत प्रहरीले बरामद गरेको छ । २ हजार ३९५ किलाे गाजा, ४७ किलाे ८९० ग्राम चरेस, १६ किलाे हेरोइन, १६ हजार ४४८ थान ट्याबलेट, विभिन्न लागुपदार्थले भरिएका १३ हजार १७६ वटा बोतल र २ हजार ७० वटा इन्जेक्सन बरामद गरेको मधेस प्रदेश प्रहरीले जनाएको छ ।

गृहमन्त्री मोहम्मद सलिमले पनि आफ्नो मन्तव्यमा लामो भाषणबाहेक गृहमन्त्रीको हैसियतले मधेसमा लागुपदार्थ न्यूनीकरणका लागि गरेका प्रयासहरूको विषयमा केही बोल्न सकेनन् ।

मधेस प्रदेश सरकारले बनाएका पुनःस्थापना केन्द्रको विषयमा सामान्य जानकारीसमेत नराखेका गृहमन्त्री सलिमले महोत्तरीमा भने बन्दै गरेको जानकारी दिए ।

लागुपदार्थकै कारण मधेस आक्रान्त बने पनि गृहमन्त्री र मुख्यमन्त्रीको जबाफले कार्यक्रममा सहभागी भएका अभिभावकहरू भने उत्साहित भएको देखिन्थे ।

प्रदेश प्रहरीका अनुसार मधेसमा भएका धेरैजसो घटना लागुपदार्थसँगै जोडिएका छन् । हत्या, हिंसा, लुटपाटजस्ता घटनाहरू कहीँ न कहीँ लागुपदार्थसँगै जोडिने गरेको प्रहरीको नि