मन्त्रालयले भन्यो-कोइलाजन्य स्रोतबाट आगो नताप्नु

मन्त्रालयले भन्यो-कोइलाजन्य स्रोतबाट आगो नताप्नु


काठमाडाै‌ं ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जाडाेमा आगो ताप्दा, हिटर बाल्दा वा गिजरको प्रयोग गर्दा सावधानी अपनाउन आग्रह गरेको छ ।

जाडोयाममा शरीर वा कोठालाई न्यानो बनाइराख्न आगो ताप्ने, हिटर बाल्ने, गिजरको प्रयोग गर्ने लगायतका उपायहरु गरिए पनि पर्याप्त सावधानी नअपनाउँदा अप्रिय घटनाहरु हुने भएकाले मन्त्रालयले यस्तो आग्रह गरेको हो ।

आगो ताप्दा, हिटर बाल्दा वा गिजर प्रयोग गर्दा हावा ओहोरदोहोर हुने ठाउँमा बाल्न मन्त्रालयको आग्रह छ । कोइलाजन्य स्रोतबाट सकेसम्म आगो नताप्न मन्त्रालयको सुझाव छ ।

आगो ताप्दा वा हिटर बाल्दा कागज, कपडा जस्ता छिटो जल्ने खालका सामग्री नजिकै नराख्न र आगो तापिसकेपछि पूर्णरुपमा निभाउन मन्त्रालयले अनुरोध गरेको छ ।

हिटरको प्रयोग गर्दा समय–समयमा चलिरहेको हिटरलाई बन्द गर्न र सुत्नुअघि अनिवार्य रुपमा हिटर निभाउन मन्त्रालयको आग्रह छ । साथै मन्त्रालयले गिजरको मुख्य मेसिनलाई बाथरुमबाहिर खुला ठाउँमा जडान गर्न आग्रह गरेको छ । गिजर खोलर लामो समयसम्म बाथरुममा नबस्न मन्त्रालयको सुझाव छ ।