कीर्तिपुरको कृषि फार्मबाट कोइरी गाई चोरी

कीर्तिपुरको कृषि फार्मबाट कोइरी गाई चोरी


काठमाडौं ।

कीर्तिपुरको एउटा फार्मबाट गाई चोरी भएको छ ।

कीर्तिपुर नगरपालिका–४, सल्यानथानस्थित भागरथी कृषि फार्मबाट गोठमा बाँधिएको कोइरी प्रजातिको एउटा गाई चोरी भएको हो ।

उक्त घटना आइतबार रातिको भएको कृषि फार्मका सञ्चालक भरतसिंह महताले बताए ।

गाई चोरीबारे उनले प्रहरी वृत्त कीर्तिपुरमा निवेदन दिएका छन् । यसअघि समेत सोही गाई चोरीको प्रयास भएको महताको भनाइ छ ।

महताले विभिन्न व्यक्तिबाट रकम सापटी लिएर फार्म सञ्चालन गरेका छन् ।