नेहा अफसेट प्रेसमा आगलागी

नेहा अफसेट प्रेसमा आगलागी


सप्तरी ।

राजविराज ७ स्थित एक प्रेसमा सोमबार विद्युत सर्ट भई आगलागी भएको छ ।

स्थानिय पत्रकार ओमप्रकाश साहले सञ्चालन गरेको नेहा अफसेट प्रेसमा आगलागी हुदाँ १० लाख बराबरको क्षति भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।

सोमबार बिहान १०ः३० बजेतिर विद्युत सर्ट भई आगलागी भएको प्रेसका अपरेटर राजेश चौधरीले जानकारी दिए ।

आगलागीबाट कार्यालयमा रहेका कम्प्युटर, ए फो कलर प्रिन्टर, ए थ्री प्रिन्टर, इन्भटर व्याट्री, फाइव केभी स्टेप्लाइजर, फर्निचर, कगजपत्रलगायतका विभिन्न महत्त्वपूर्ण औजारहरु जल्दा १० लाख बराबरको क्षति भएको चौधरीले जानकारी दिए ।

आगो राजविराजबाट आएको वारूण यन्त्रले नियन्त्रणमा लिएको थियो भने क्षतिबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।