उदयपुरमा घाँटी थिची श्रीमान‍्को हत्या, रैनी पक्राउ

उदयपुरमा घाँटी थिची श्रीमान‍्को हत्या, रैनी पक्राउ


उदयपुर ।

श्रीमान‍्को हत्या गरेको आरोपमा उदयपुरमा एक जना महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

आफ्नै श्रीमान् ६० वर्षीय श्याम कुमार राईको हत्या गरेको अभियोगमा त्रियुगा नगरपालिका–५ दमौटी सुक्लाई बस्ने ४० वर्षीया निर कुमारी रैनीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

श्याम गत शनिबार साँझदेखि हराई बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी लालपत्ताबाट खटिएको प्रहरीले खोजी सुरु गरेको थियो ।

अनुसन्धान गर्ने क्रममा निर कुमारीले घरायसी बिवादको कारण श्यामको घाँटी थिची हत्या गरेको खुल्न आएपछि उनलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।

हत्या गरी घर नजिकै जंगलमा माटोले पुरी स्याउलाले छोपिएर राखेको अवस्थामा राईको शव फेला परेको थियो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।