विमानस्थलबाट एकै सातामा साढे २० किलो सुन बरामद

विमानस्थलबाट एकै सातामा साढे २० किलो सुन बरामद


काठमाडौं ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे ६ किलो सुन बरामद भएको छ।

शनिबार राति साढे ६ केजी सुन बरामद गरिएको विमानस्थल सुरक्षा प्रहरी कार्यालयले जनाएको छ ।

फ्लाई दुबईबाट आएका विदेशी नागरिकको साथबाट उक्त सुन बरामद भएको हो।

सुन बोकेका एक जना र शंकास्पद एक जना गरी २ जनालाई पक्राउ गरिएको उनले बताए।

यसअघि विमानस्थलबाट १४ किलो सुन बरामद भएको थियो। यो साता मात्र विमानस्थलबाट साडे २० केजी सुन बरामद भएको छ ।