काठमाडौं ।
भारत उत्तर प्रदेशको बरेली जिल्लामा सडक दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ ।
नैनिताल सडकखण्डमा कार र ट्रकबीच ठोक्किदा दुवै गाडीमा आगो लागेपछि कारमा सवार आठै जनाको जलेर मृत्यु भएको हो ।
दुर्घटना बरेली जिल्लाको भोजीपुरा थाना क्षेत्रको नैनीताल राजमार्गमा भएको हो । प्राप्त जानकारी अनुसार कारको टायर फुटेपछि ट्रकसँग ठोक्किएको हो ।
बरेलीका एसएसपी घुले सुशील चन्द्रभानले कार राजमार्गमा गुडिरहेको ट्रकसँग ठोक्कियो र त्यसपछि टाँसिएर आगो लागेको बताए ।
गाडी भित्रबाट सेन्ट्रल लक भएको कारण मानिसहरु बाहिर निस्कने मौका पाएनन् र सबै जलेका थिए । मृतकलाई बाहिर निकालिएको छ ।
जसमध्ये ७ जना वृद्ध र एक बालक रहेका छन् ।
प्रतिक्रिया