लुक्ला उडेको तारा एयरको ढोकाको सिसा बिच बाटोमै गायव

लुक्ला उडेको तारा एयरको ढोकाको सिसा बिच बाटोमै गायव


काठमाडौं ।

काठमाडौंबाट लुक्ला जाँदै गरेको तारा एयरको कार्गो उडानको क्रममा जहाजको आपतकालीन ढोकाको सिसा खसेको छ ।

तारा एयरको नाइन एन एएलओ कल साइनको जहाज बिहान ९ः३१ मा काठमाडौंबाट ११ सय २६ किलो सामान लिएर उडेको थियो ।

उक्त जहाजको आपतकालीन ढोकाको सिसा बीच रुटमै खसेको पाइएको हो । उक्त जहाजको आपतकालीन ढोकाको सिसा काठमाडौंबाट उड्ने क्रममा भने केही भएको थिएन ।

तर, जहाज लुक्लामा ल्यान्ड गरेर पार्किङमा जाँदा इमर्जेन्सी ढोकामा सिसा थिएन । जहाजमा २ जना प्यासेन्जर पनि थिए । जहाज सकुसल अवतरण गरिएको छ ।

अवस्था सामान्य रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाले जानकारी दिए ।