ललितपुरले सुरू गर्‍यो ‘यल च्याटबट’

ललितपुरले सुरू गर्‍यो ‘यल च्याटबट’


ललितपुर ।

ललितपुर महानगरपालिकाले ‘यल च्याटबट’ सुरू गरेको छ।

आइतबार महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले ‘नक्सापास गर्न के के चाहिन्छ? नक्सापास हुन कति दिन लाग्छ?’ भनी प्रश्न सोधेर ‘यल च्याटबट’ सुरू गरेको महानगरपालिकाका सूचना अधिकारी देवप्रसाद गुरागाइँले जानकारी दिए।

उनका अनुसार ललितपुर महानगरले नागरिकलाई दिने सेवा सुविधाबारे च्याटबटबाट सहजै जानकारी लिन सकिन्छ।

‘महानगरको फेसबुक पेजमा गइ म्यासेज बक्समा गएर सेवा सुविधाका बारेमा जानकारी लिन सकिन्छ,’ उनले भने।

उक्त च्याटबटमा सर्वसाधरणले आफ्नो काम अनुसार जस्तै नागरिकता बनाउन छ के गर्ने, जन्मदर्ता बनाउन छ के गर्ने भनेर प्रश्न गर्न सक्छन्। त्यसपछि प्रयोगकर्ताले के गर्ने कहाँ जाने कसरी गर्ने लगायत प्रश्नका जवाफ पाउने छन्।

प्रविधिले नागरिकसम्म सूचना पुर्‍याउन सहज बनाएको र च्याटबटको प्रयोगका बारेमा नागरिकसम्म सूचना पुर्‍याउनु आवश्यक भएको उनको भनाइ छ।

यस्तै, महानगरपालिकाका मेयर चिरिबाबुले सूचना लिन मात्र कार्यालय धाउनु पर्ने अवस्था यस प्रविधिले अन्त्य गरिदिएको बताए।

ललितपुर महानगरले सुझाव र गुनासोहरु समेत च्याटबटबाट लिने व्यवस्था छिट्टै मिलाउने जनाएको छ।