जनकपुरमा मदिरा,माछा, मासु बिक्री वितरण गर्न निषेध

जनकपुरमा मदिरा,माछा, मासु बिक्री वितरण गर्न निषेध


जनकपुरधाम ।

विवाहपञ्चमी महोत्सवको अवसरमा जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुरधाममा ‘मदिरा बिक्री वितरण तथा पशुपंक्षी काट्न, माछा, मासु बिक्री वितरण गर्न निषेध गरिएको छ ।

मंसिर २८ गते राति १२ बजेदेखि पुस १ गते राति १२ बजेसम्म जनकपुरधाम क्षेत्रमा माछा, मासु र मदिरा निषेध गर्ने निर्णय भएको प्रमुख जिल्ला प्रशासन कार्यालय धनुषाले सूचना जारी गरी जनाएको छ ।

सूचनाविपरीत निषेधित क्षेत्रमा माछा, मासु र मदिरा खरिद विक्री तथा सेवन गरेको पाइएमा प्रचलित कानून बमोजिम कारबाही गर्ने प्रशासन कार्यालयले चेतावनी दिएको छ ।

जनकपुरधाममा मंगलबारबाट विवाहपञ्चमी महोत्सव सुरु भएको छ। त्रेतायुगमा भगवान राम र सीताबीच विवाह भएको स्मरणमा प्रत्येक वर्ष विवाहपञ्चमी मनाइन्छ।