बालविवाह मुक्त पालिका घोषणा गर्न कार्यविधि जारी

बालविवाह मुक्त पालिका घोषणा गर्न कार्यविधि जारी


महोत्तरी ।

पिपरा गाउँपालिकाले पालिकालाई बालविवाह मुक्त पालिका घोषणा गर्नका लागि ‘बालविवाह मुक्त पालिका कार्यविधि २०८०’ जारी गरेको छ।

सोमबार आयोजित बालविवाहविरुद्धको बृहत् भेलामा पिपरा गाउँपालिकाका अध्यक्ष रामजानकी यादवले पिपरालाई बालविवाह मुक्त बनाउन कार्यविधि बनाइ जारी गरिएको बताए।

‘बालविवाह, जीवन तवाह’ मूल नाराका साथ ‘बालविवाहविरुद्धको बृहत् भेला’को आयोजना गरिएको थियो। अध्यक्ष यादवले आउँदो असार मसान्तसम्ममा बालविवाह मुक्त पालिका घोषणा गर्ने प्रतिबद्धता व्यक्त गरे।

अध्यक्ष यादवले संघीय सरकारले अवलम्बन गरेको बालविवाह मुक्त गर्ने राष्ट्रिय नीतिलाई सफल तुल्याउन आफूले पािलकामा कार्यविधि नै ल्याएर आउँदो असार मसान्तसम्ममा पालिकालाई बालविवाह मुक्त गर्ने लक्ष्य राखेको बताए।