अर्थका ६ सहसचिवको जिम्मेवारी हेरफेर

अर्थका ६ सहसचिवको जिम्मेवारी हेरफेर


काठमाडाैं । 

अर्थ मन्त्रालयले ६ जना सहसचिवको पदस्थापन तथा जिम्मेवारी हेरफेर गरेको छ ।

अर्थमन्त्री डा.प्रकाशशरण महतले केही दिनअघि सरुवा भई आएका र लामो समयदेखि अतिरिक्तमा रहेका सहसचिवहरूको पदस्थापन तथा जिम्मेवारी हेरफेर गरेका हुन् ।

नयाँ जिम्मेवारीअनुसार महेश आचार्यलाई प्रशासन महाशाखा, अतिरिक्तका राजेश्वर ज्ञवालीलाई महालेखा नियन्त्रकको कार्यालयमा पठाइएको छ । यसैगरी महालेखाका शम्भुप्रसाद मरासिनीलाई भन्सार जाँच पास परीक्षण कार्यालय पठाइएको छ ।

सहसचिव महेश बराललाई कर प्रणाली सुधारसम्बन्धी उच्चस्तरीय सुझाव समितिको जिम्मेवारी दिइएको छ भने अमृत लम्साललाई मध्यमस्तरीय करदाता कार्यालय बबरमहलको प्रमुख कर प्रशासकका रूपमा पठाइएको छ ।

यस्तै सहसचिव पार्वती शर्मालाई आन्तरिक राजस्व विभागको उपमहानिर्देशकमा पदस्थापन गरिएकाे छ ।