ललितपुरमा चल्यो गोली

ललितपुरमा चल्यो गोली


ललितपुर ।

ललितपुरमा लागुऔषध काराेबारीमाथि गाेली प्रहार गरिएकाे छ ।

नेपाल प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गाेली प्रहार गरेर १ जना लागुऔषध कारोबारीलाई पक्राउ गरेकाे हाे ।

एसपी रवीन्द्र रेग्मीका अनुसार प्रहरीले गोली प्रहार गरी उदयपुर घर भएका अविनाश राईलाई पक्राउ गरिएकाे हाे ।

घाइते भएका राईलाई उपचारका लागि ट्रमा सेन्टर लगिएको छ । उनको साथबाट पेस्तोलसहित लागुऔषधसमेत बरामद भएकाे प्रहरीले जनाएकाे छ ।